Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कांग्रेसको १६ जिल्लाको अधिवेशन सर्ने

कांग्रेसको १६ जिल्लाको अधिवेशन सर्ने

  • 664
    SHARES
  • कांग्रेसको १६ जिल्लाको अधिवेशन सर्ने

    काठमाडौं । नेपाली कांग्रेसको बाँकी १६ जिल्लाकाे अधिवेशन मिति पुनः धकेलिने भएको छ । पछिल्ला केही दिनदेखि कोरोना भाइरस संक्रमण बढेकाे र सरकारले २५ जनाभन्दा बढी भेला हुने कुनै पनि कार्यक्रम नगर्न/नगराउन निर्देशन दिएकाले अधिवेशन धकेलिने सम्भावना बढेको हो ।

    १४औं महाधिवेशनपछि पुस २७ गतेका लागि अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले पुस १२ मा सूचना जारी गरेर अधिवेशन सारेको थियो । कांग्रेस निर्वाचन समितिले माघ १२ मा हुने राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गरेर अधिवेशनलाई १५ माघमा सारेको थियो ।  

    अधिवेशन हुने सम्भावना छैन : महामन्त्री थापा

    कांग्रेसका महामन्त्री गगन थापाले माघ १५ गतेलाई तय भएको १६ जिल्लाको अधिवेशन हुने सम्भावना नरहेको प्रस्ट पारे । सरकारले नै १५ गतेसम्म २५ जनाभन्दा बढी भेला हुने कुनै कार्यक्रम, सभा, सम्मेलन नगर्न निर्देशन दिएकाले अधिवेशन हुने सम्भावना कम रहेको उनको भनाइ छ ।

    ‘अधिवेशन गर्ने/नगर्ने आधिकारीक जानकारी कांग्रेस निर्वाचन समितिले गराउला तर म आगामी १५ गते अधिवेशन हुने सम्भावना नै देख्दिनँ,’ महामन्त्री थापाले वेबटिभी खबरसँग भने ।

    जिल्ला अधिवेशनमा हजारौं मानिसहरू भेला हुने भएकाले पनि यो सम्भावना न्यून रहेको महामन्त्री थापाको भनाइ छ । अधिवेशनको विषयमा समयमै सूचना जारी गर्न निर्वाचन समितिलाई थापाको आग्रह छ ।

    त्यस्तै कांग्रेस निर्वाचन समितिका एक सदस्यका अनुसार माघ १५ मा गर्ने भनिएको १६ जिल्लाको अधिवेशन सर्ने पक्का भएको छ । अधिवेशन सर्नुको मुख्य कारण कोरोना भाइरस संक्रमण नै भएको ती सदस्यको भनाइ छ । ‘अधिवेशन सर्ने पक्का जस्तै हो । आधिकारीक रूपमा अधिवेशन सरेको सूचना केही दिनमा निकाल्छौँ,’ ती सदस्यले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij