एजेन्सी
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८० हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १ लाख ८७ हजार २१५ जना निको भएका छन् । त्यसैगरी ४३६ जनाको निधन भएको छ ।
मंगलबार रातिसम्मको तथ्यांकअनुसार देशभर संक्रिय संक्रमितको संख्या बढेर १८ लाख २३ हजार ५६ पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
लगातार आइतबार र सोमबार दुई दिन दैनिक संक्रमित केही घटेको भारतमा मंगलबार यो संख्या बढेको हो । महाराष्ट्र र कर्नाटक राज्यमा संक्रमित बढेसँगै देशभरको तथ्यांकमा बृद्धि देखिएको हो ।
राजधानी दिल्लीमा भने लगातार पाँचौ दिन नयाँ संक्रमित थपिने क्रम घटेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij