Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पूर्वगृहमन्त्री जनार्दन शर्माले किन बोके इँटा ? 

पूर्वगृहमन्त्री जनार्दन शर्माले किन बोके इँटा ? 

  • चैत्र २२, २०७७ आइतवार १९:३३ बजे
  • 747
    SHARES
  • पूर्वगृहमन्त्री जनार्दन शर्माले किन बोके इँटा ? 

    काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम पश्चिममा श्रमदानबाट निर्माण भइरहेको जनविकास माध्यामिक विद्यालयमा श्रमदान गर्न पुगेका छन् । 

    आफ्नो निर्वाचन क्षेत्र समेत रहेको रुकुम पश्चिममा ‘बनाऊ आफ्नो गाउँ, समानता ल्याऔं, गरिबी हटाऔं’, नारासहित प्रत्येक दिन २०० जना श्रमकर्ता सहभागी भएर चारवटा भवन (१६ कोठा) निर्माण भैरहेको छ ।

    आठबीसकोट नगरपालिका वडा नम्बर १० घारिखोला पुगेर श्रमकार्यमा सहभागी भएको माओवादी केन्द्रका नेता समेत रहेका शर्माले जानकारी दिए । 

    उक्त भवन निर्माणका लागि देश तथा विदेशमा बस्ने नेपालीहरुले ४९ लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त भवन निर्माण गर्न १ करोड ६२ लाख लागत लाग्ने भएकाले बाँकी रकम नगरपालिका र जनश्रमदानबाट जम्मा गर्ने तयारी छ ।

    रुकुम पश्चिममा कोभिड महामारीका समयमा पनि शर्माको अगुवाईमा १० दिनमा आइसोलेशन भवन बनाइएको थियो । 

  • सम्बन्धित विषय:

  • # जनार्दन शर्मा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij