वेबटिभी खबर
काठमाडौं । गएको २ दिनयता वीर अस्पतालमा कार्यरत ३० जना भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
अस्पतालका कोभिड-१९ युनिफाइड अस्पताल प्रमुख डा.भुपेन्द्र बस्नेतका अनुसार अस्पतालका विभिन्न वार्ड, आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण भएको बताए ।
उनका अनुसार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण तीव्र रुपले फैलिएपछि जनशक्तिको अभाव हुने अवस्था आएको छ ।
यसअघि बिहिबार त्रिवि शिक्षण अस्पतालका ६० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij