Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

गुणकारी बेसार: तर, यी रोग भएका व्यक्तिका लागि भने हानिकारक 

गुणकारी बेसार: तर, यी रोग भएका व्यक्तिका लागि भने हानिकारक 

  • 546
    SHARES
  • गुणकारी बेसार: तर, यी रोग भएका व्यक्तिका लागि भने हानिकारक 


    काठमाडौं । बेसारको सेवन गर्र्नु गुणकारी मान्निछ, तर हामी मध्ये केही व्यक्तिलाई बेसारले फाइदा गर्नुकोे सट्टा बेफाइदा गर्ने गर्दछ । आज हामी कस्ता व्यक्तिले बेसारको प्रयोग गर्र्ने र कस्ता व्यक्तिले प्रयोग नगर्ने भन्नेबारे चर्चा गर्दैछौँ । 

    पथ्थरीका रोगी : पथ्थरीका बिरामीले बेसार प्रयोग गर्नु भन्दा पहिले डाक्टरको सल्लाह लिनु गर्दछ । बारम्बार जो व्यक्तिलाई पथ्थरीको समस्या हुन्छ, त्यस्ता व्यक्तिले बेसारको प्रयोग गर्दा यसको समस्या बढ्ने सम्भावना हुन्छ । त्यसकारण सम्भवत यस रोगका बिरामीले बेसारको कम प्रयोग गर्ने र प्रयोग गर्न पहिले डाक्टरको सल्लाह लिने गर्नु पर्दछ ।

    मधुमेहका बिरामी : मधुमेहका बिरामीले सिमित मात्रामा बेसारको प्रयोग गर्नु पर्दछ । मधुमेहका बिरामीले सुगरको मात्रा कम गर्ने र रगत पातलो बनाउने औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता बिरामीले बेसारको बढी प्रयोग गदा शरीरमा रगतको मात्रा कम हुने र शरीरलाई नोक्सान गर्ने हुन्छ ।

    रक्तश्रावको समस्या बढ्नु : बेसारले रगतको थक्का जम्ने प्रक्रियालाई सुस्त गराउँछ, त्यसकारण यस्ता व्यक्ति जो अचानक नाक अथवा शरीरको अन्य स्थानबाट रगत बग्ने हुन्छ त्यस्ता व्यक्तिले बेसार कम सेवन गर्नुपर्छ । यसको लापरवाहीले हानी गर्न सक्छ ।

    जन्डिसका बिरामी : जन्डिस रोग लागेका व्यक्तिले बेसारको प्रयोग गर्नु हुँदैन यो रोग ठिक भैइसकेपछि पनि डाक्टरको सल्लाह लिएर मात्र प्रयोग गर्नु उचित मानिन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij