काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर फिलिपे काउटिन्हो इङ्लिस क्लब एस्टन भिल्ला भित्रिएका छन् । क्याटलान क्लब बार्सिलोना र भिल्लाबीच शुक्रबार सहमति भएसँगै ब्राजेलियन प्लेमेकर काउटिन्हो पुनः प्रिमियर लिगमा फर्किएका हुन् । लोनमा भित्रिएका काउटिन्होले यस सिजनको अन्त्यसम्म भिल्लाबाट खेल्नेछन् ।
कौटिन्होले यसअघि पाँच वर्ष लिभरपुलबाट खेलेका थिए । सन् २०१८ मा बार्सिलोना भित्रिनुअघि उनलेले लिभरपुलबाट दुई सय एक खेलमा ५४ गोल गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij