Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

६ लाख सिरिन्ज नेपाल ल्याइयो, स्थगित गरिएको फाइजर खोप पुन: सञ्चालन गरिने

६ लाख सिरिन्ज नेपाल ल्याइयो, स्थगित गरिएको फाइजर खोप पुन: सञ्चालन गरिने

  • 601
    SHARES
  • ६ लाख सिरिन्ज नेपाल ल्याइयो, स्थगित गरिएको फाइजर खोप पुन: सञ्चालन गरिने

    काठमाडौं । कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज मंगलबार नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज नेपाल ल्याइएको हो । 

    स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो । सिरिन्ज अभावका कारणले यही पुस १३ गतेदेखि काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतसहित आठ जिल्लामा बालबालिकालाई लगाइने फाइजर खोप अभियान रोकिएको थियो । ती जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप लगाउने तयारी थियो । 

    बालबालिकाका लागि लगाउने ६ लाख ६४ हजार ५६० मात्रा फाइजर खोप आइसकेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिरिन्ज आइसकेकाले स्थगित गरिएको फाइजर खोप सञ्चालन गरिने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij