Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

टर्किमा सङ्क्रमितको सङ्ख्या १० दिनमा दोब्बर

टर्किमा सङ्क्रमितको सङ्ख्या १० दिनमा दोब्बर

  • 440
    SHARES
  • टर्किमा सङ्क्रमितको सङ्ख्या १० दिनमा दोब्बर

    रासस/सिन्ह्वा । टर्कीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको सङ्ख्या दश दिनमा दोब्बर भएको छ । 

    महामारी तीव्ररुपमा फैलिन थालेपछि सङ्क्रमितको सङ्ख्या अत्यधिकरुपमा बढेको स्वास्थ्य मन्त्री फर्हेट्टीन कोकाले शुक्रबार जानकारी दिए ।

    अस्पतालमा भर्ना हुनेको सङ्ख्या भने ४।६ प्रतिशतका दरले बढेको पनि उनले उल्लेख गरे ।

    गत शुक्रबार टर्कीमा ४० हजार ७८६ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै कुल सङ्क्रमितको सङ्ख्या ९४ लाख ८२ हजार ५५० पुगेको अधिकारीले जानकारी दिएका छन् ।  

    त्यसैगरी कोरोनाकै कारण टर्कीमा अहिलेसम्म ८२ हजार ३६१ को मृत्यु भएको छ । तीमध्ये १६३ को पछिल्लो एक दिनमा मृत्यु भएको हो । 

    सोही अवधिमा टर्कीमा २३ हजार ९६८ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

    टर्कीमा गत जनवरी १४ देखि मात्रै कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको हो । सुरुमा चिनियाँ सिनोभ्याक खोप लगाउनका लागि अनुमती दिइएको थियो । 

    अहिलेसम्म पाँच करोड ७० लाख टर्कीवासीले कम्तीमा एउटा खोप लगाएका छन् । तीमध्ये पाँच करोड १० लाखभन्दा बढीले दुवै खोप लगाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij