Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पानीमा तैरिएको २०० वर्ष पुरानो मानव बस्ती 

पानीमा तैरिएको २०० वर्ष पुरानो मानव बस्ती 

  • चैत्र १९, २०७७ बिहिवार १६:३२ बजे
  • 1.2K
    SHARES
  • पानीमा तैरिएको २०० वर्ष पुरानो मानव बस्ती 

    काठमाडौं । भियतनामको क्याट बा आइल्यान्डमा २ सय वर्ष पुरानो ‘फिसिंग भिलेज’ अर्थात् माछा मार्ने गाउँ छ । यहाँ पानीमा तैरिएका ३ सयभन्दा बढी घरमा ४ सय ५० परिवार बसोबास गर्छन् ।

    यस गाउँका मानिसको आयको मुख्य स्रोत सिफूड (समुद्री खाना) फार्मिङ हो । तर महामारीका कारण एक वर्षदेखि त्यहाँका मानिसले धेरै नोक्सान व्यहोर्नु परेको छ । कोरोना भाइरस फैलिएपछि विश्वभर लगाइएको प्रतिबन्धका कारण भियतनामबाट माछासहित अन्य सिफूड विदेश निर्यात हुन सकेन । 

    यतिवेला, पछिल्ला केही दिनमा माछा तथा गंगाटाको माग अत्यन्तै बढेको छ । माग बढेसँगै सिफुड फार्मिङले पनि रफ्तार लिएको छ । त्यहाँको सिफुड अब बाह्य देशमा पनि निर्यात हुन थालेपछि फिसिंग भिलेजसहित देशभरका माछा मार्ने मानिसहरु समुद्रतर्फ फर्किएका छन् ।

    उनीहरुले कोरोनाका कारण व्यहोरेको क्षति अब उठाउन सक्ने अपेक्षा गरेका छन् । भियतनामको जनसंख्या ९ करोड ८० लाख छ । 

    धेरै आइल्यान्ड भएका कारण त्यहाँको ३० प्रतिशत जनसंख्या सिफूड फार्मिङमा निर्भर छन् । भियतनाममा प्रत्येक वर्ष समुद्री खानाको कारोबारबाट ४९ हजार करोड रुपैयाँ आम्दानी हुन्छ र ८० लाख रोजगारीका अवसर उत्पन्न हुन्छ । 

  • सम्बन्धित विषय:

  • # भियतनाम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij