Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सभापतिमा दोस्रो भएका शेखर कोइराला पार्टीको २०औं वरियतामा

सभापतिमा दोस्रो भएका शेखर कोइराला पार्टीको २०औं वरियतामा

  • 486
    SHARES
  • सभापतिमा दोस्रो भएका शेखर कोइराला पार्टीको २०औं वरियतामा

    काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित कार्यसमितिमा सभापतिका प्रत्यासी शेखर कोइरालालाई पार्टीले २० औं नम्बरको वरियतामा राखेको छ। शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरियतामा कोइरालालाई २० औं नम्बरमा राखिएको हो ।

    सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई वर्तमान र पूर्वपदाधिकारीपछिको वरियतामा राखिएको छ । कोइरालाले १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत पाएका थिए । कांग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको वरियता दिने गरिएको थियो ।

    १० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवालाई तेस्रो वरियतामा राखिएको थियो । सभापतिपछि वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई र देउवाको वरियता निर्धारण गरिएको थियो । तर १४ औं महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धामा दोस्रो भएको शेखरलाई २० औं नम्बरमा राखिएको छ । देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्त्व दिएका छन् ।

    वरियतामा शेखर अब केन्द्रीय सदस्यको शीर्ष स्थानमा रहेका छन् । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका शेखरको वरियता ३५ औं नम्बरमा थियो । १४ औंमा देउवासँग प्रतिस्पर्धा गरेपछि शेखर १५ स्थानमाथि आएका छन् । 

    वरियतामा धेरै पछाडि राख्ने थाहा पाएपछि कोइराला शनिबारको केन्द्रीय समिति बैठक र प्रमाण-पत्र वितरण समारोहमा सहभागी नभएको बताइएको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij