Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्न अन्तिम दिन आज

ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्न अन्तिम दिन आज

  • 527
    SHARES
  • ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्न अन्तिम दिन आज

    काठमाडौं । बिहीबार ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । ज्योति विकास बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्दै छ । ९ र १० पुसमा शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।

    ज्योति विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र चार दशमवलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्न २३ पुसमा वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij