Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सन्धिखर्कमा एकैदिन दुई हजार बढी बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

सन्धिखर्कमा एकैदिन दुई हजार बढी बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

  • 506
    SHARES
  • सन्धिखर्कमा एकैदिन दुई हजार बढी बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

    अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका दुई हजारभन्दा बढी बालबालिकाले एकैदिन कोराेना भाइरसविरुद्धको खोप लगाएका छन् ।

    सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

    नगरपालिकाले स्कुल स्कुलमा पुगेर कोभिडविरुद्धको खोप सञ्चालन गरिरहेको छ । खोप अभियानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको पराजुलीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij