Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

संसदमा रोकिएन एमाले सांसदको नाराबाजी 

संसदमा रोकिएन एमाले सांसदको नाराबाजी 

  • 431
    SHARES
  • संसदमा रोकिएन एमाले सांसदको नाराबाजी 

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

    एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् ।

    नवौँ महाधिवेशनका सबै बैठकमा नाराबाजी गरेको एमाले सांसदहरूले जारी १०औं अधिवेशनको दोस्रो बैठकमा अहिले नाराबाजी गरिरहेका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij