Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

विश्वकप छनौटः मंगोलियाविरूद्ध जापानको १४ गोल

विश्वकप छनौटः मंगोलियाविरूद्ध जापानको १४ गोल

  • चैत्र १८, २०७७ बुधवार ०८:३७ बजे
  • 697
    SHARES
  • विश्वकप छनौटः मंगोलियाविरूद्ध जापानको १४ गोल

    काठमाडौं । फिफा विश्वकप छनौटअन्तर्गत जापानले मंगलियालाई लज्जास्पद तवरले हराएको छ ।

    मंगलबार भएको खेलमा जापानले मंगोलियालाई १४-० ले पराजित गरेको छ ।

    जापानको फुकुदा देन्सी एरिना रंगशालामा जापानलाई जित दिलाउन युया ओसाकोले ह्याट्रिक पूरा गरे । यस्तै शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले २/२ गोल गरे ।

    ताकुमी मिनामिनो,दैची कमाडा, हिदेमासा मोरिता र ताकुमा असनोले १र१ गोल गरे । मंगोलियाका तुयाले एक आत्मघाती गोल गरे ।

    जितसँगै समूह एफ को जापानले ५ खेलमा १५ अंक जोडेको छ । शीर्ष स्थानको जापानले पाँच खेलमा शतप्रतिशत जित निकालेको छ ।

    ३ अंक जोडेको मंगोलिया समूहको पुछारमा छ ।

  • सम्बन्धित विषय:

  • # विश्वकप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij