वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको पदाधिकारी चयनका लागि भएको निर्वाचनबाट अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन्। उनले अर्का प्रत्यासी दिनानाथ गौतमलाई पराजित गरेका हुन् ।
२ सय ६१ भोट खसेकोमा पौडेलले १६२ मत ल्याएर विजयी भए भने गौतमले ८६ मत ल्याए।
त्यस्तै सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन्। उनले १४९ मत ल्याए। उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन्।
सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन्।
प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मतदान गरेका थिए। ९ पदाधिकारीका लागि २७ जनाको उम्मेदवारी परेको थियो ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij