Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

किन पाए कांग्रेस केन्द्रीय सदस्यमा रामहरि खतिवडाले लोकप्रिय मत ?

किन पाए कांग्रेस केन्द्रीय सदस्यमा रामहरि खतिवडाले लोकप्रिय मत ?

  • 984
    SHARES
  • किन पाए कांग्रेस केन्द्रीय सदस्यमा रामहरि खतिवडाले लोकप्रिय मत ?

    काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य पदमा लोकप्रिय मतसहित विजयी हुने ‘टप फाइव’ मा एक जना सर्वसाधारण पृष्ठभूमिका कांग्रेस नेता पनि परे । उनी हुन ओखलढुंगाका नेता रामहरि खतिवडा ।

    कांग्रेसको १४औं महाधिवेशनबाट खुलातर्फ ३५ जना सदस्य चुन्नका लागि भएको मतदानमा खतिवडा बढी मत ल्याउनेको सूचीमा पाँचौं स्थानमा परे । उनले राजनीतिमा उच्च पृष्ठभूमि भएका नेताको हाराहारीमा भोट ल्याएका छन् । खुला सदस्यको आइतबार राति सार्वजनिक मत परिणामअनुसार खतिवडाले २८३२ मत पाएका छन् ।

    खुला सदस्यहरूकाे लागि भएकाे मतदानमा बिपी पुत्र एवं निवर्तमान महामन्त्री डा.शशांक कोइराला, नेविसंघका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री एनपी साउद, नेविसंघ र तरुणदलका पूर्वअध्क्ष एवं बहालवाला गृहमन्त्री बालकृष्ण खाँड, पूर्वअर्थमन्त्री उदय शमशेर राणापछिको बढी भोट खतिवडालाई परेको हो ।

    बहालवाला मन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की र दिलेन्द्रप्रसाद बडुभन्दा बढी मत ल्याएका खतिवडाले 'हाइप्रोफाइल' नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, रमेश लेखकलाई पनि भोटमा उछिनेका छन् ।

    ramhari.jpg

    खतिवडाले यसरी लोकप्रिय मत पाउनुमा उनको जनतासँगको निकटता प्रमुख कारण भएको बताइन्छ । उनी रातदिन कार्यकर्ता र जनताको सेवामा जुटेका हुन्छन् । काममा निरन्तर खटिने क्षमताले उनलाई मतदातानिकट बनाएको हो ।

    ‘कांग्रेसलाई मजबुत बनाउन गर्नुपर्ने जुनसुकै कामको लागि म हरदम तयार नै हुन्छु,’ खतिवडाले भने, ‘जनतासँग हरेक सुखदु:खमा साथ रहन्छु । आफ्नो बलबुताले भ्याएसम्म सबैको सेवामा खटिएको हुन्छु । महाधिवेशनमा सायद त्यसको मूल्याकंन भयो होला ।’

    उनले लोकप्रिय मत दिएर मतदाता दाजुभाइ तथा दिदीबहिनीले थपिदिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाए । 

    कांग्रेस खुला सदस्यमा को–को भए विजयी, कसले कति मत ल्याए? (सूची सहित)  कांग्रेस खुला सदस्यमा को–को भए विजयी, कसले कति मत ल्याए? (सूची सहित) 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij