Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

दिल्लीका मसाज केन्द्रमा लगाइएको प्रतिबन्ध उच्च न्यायलयले उल्ट्यायो

दिल्लीका मसाज केन्द्रमा लगाइएको प्रतिबन्ध उच्च न्यायलयले उल्ट्यायो

  • 616
    SHARES
  • दिल्लीका मसाज केन्द्रमा लगाइएको प्रतिबन्ध उच्च न्यायलयले उल्ट्यायो

    एजेन्सी, नयाँ दिल्ली । दिल्लीमा विपरित लिंगीबीच हुने मसाज केन्द्रमा सरकारले लगाएको प्रतिबन्धलाई दिल्लीको उच्च अदालतले रोक्न आदेश दिएको छ ।

    सरकारले लगाएको प्रतिबन्धमाथि परेको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतकी न्यायाधीश रेखा पालीले स्पा र मसाज केन्द्रमा लगाइएको अकस्मातको प्रतिबन्धले त्यस क्षेत्रमा काम गर्ने हजारौं मानिसहरु प्रभावित हुने भन्दै प्रतिबन्ध रोक्न आदेश दिएकी हुन् । 

    ‘विपरित लिंगीबीच हुने मसाजमाथिको पूर्ण प्रतिबन्ध मसाज उद्योग नियन्त्रण गर्ने नीतिसँग कुनै सम्बन्ध छैन । ’ फैसलामा भनिएको छ । प्रतिबन्ध लगाउनुभन्दा पनि सरकारले मसाज उद्योगमा गैरकानुनी तस्करी र वेश्यावृत्ति छैन भन्ने सुनिश्चितता गर्नुपर्ने फैसलामा जनाइएको छ । 

    मसाज हाउस वेश्यावृत्तिको रुपमा रुपान्तरण भएको भन्दै केही महिनाअघि दिल्ली सरकारले प्रतिबन्ध लगाएको थियो । मसाज गर्ने बहानमा गोप्य यौन धन्दा सञ्चालन भएको र त्यस्ता गतिविधिमा एउटा गिरोह नै सक्रीय भएको सरकारले बताउँदै आएको छ ।

    तर, मसाजगृह बन्दा गर्दा यसले धेरै मानिसको जीविकोपार्जनमा असर गर्ने अदालतको फैसलामा उल्लेख छ ।

    दिल्लीमा दशौं हजार मसाज र स्पा सेन्टरमा लाखौं मानिसले रोजगारी पाएका छन् । तर, मसाजको बहानामा यौन धन्दा चलाएको ती सेन्टरमाथि आरोप लाग्दै आएको छ ।
     

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij