Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

अमेरिकाले विकास गर्‍यो चीनको सम्भावित हमलाबारे थाहा पाउने नयाँ सफ्टवेयर, गर्नेछ भविष्यवाणी 

अमेरिकाले विकास गर्‍यो चीनको सम्भावित हमलाबारे थाहा पाउने नयाँ सफ्टवेयर, गर्नेछ भविष्यवाणी 

  • 689
    SHARES
  • अमेरिकाले विकास गर्‍यो चीनको सम्भावित हमलाबारे थाहा पाउने नयाँ सफ्टवेयर, गर्नेछ भविष्यवाणी 

    न्युयोर्क । अमेरिकाले प्रशान्त महासागरमा चीनका गतिविधि निगरानी गर्ने एउटा सफ्टवेयर विकास गरेको दाबी गरेको छ ।

    प्रशान्त क्षेत्रमा अमेरिकी कमान्डरहरुले विकसित गरेको सो सफ्टवेयरले सो क्षेत्रमा सैन्य डिल र अन्य अमेरिकी समर्थनका गतिविधिलाई चिनियाँ सरकारले कसरी प्रतिकृया जनाउँछ भनेर भविष्यवाणी गर्नेछ । त्यस्तै, प्रशान्त क्षेत्रमा चीनको सम्भावित हमलाबारे पनि सफ्टवेयरले पूर्व जानाकारी दिनेछन् ।

    मंगलबार अमेरिकी सहायक रक्षामन्त्री क्याथलिन हिक्सले हवाईस्थित इन्डो प्यासिफिक कमाण्ड भ्रमण गरेर सो सफ्टवेयरबारे जानाकारी लिएकी थिइन् ।

    रक्षा मन्त्रालयलका एक अधिकारीहरुका अनुसार सो सफ्टवेयरले रणनीतिक टकरावलाइ पनि अनुमान गर्छ । त्यस्तै, सफ्टवेयरले सन् २००० को सुरुदेखिका तथ्यांक विश्लेषण गर्नुका साथै अमेरिका र चीनबीचको सम्बन्धलाई असर गर्ने महत्वपूर्ण गतिविधि निगरानी गर्छ ।

    कम्प्युटरमा आधारित सो प्रणालीले प्रशान्त क्षेत्रमा चीनका उत्तेजक गतिविधिबारे अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनलाई जानाकारी दिनेछ । केही दिनअघिमात्र अमेरिका र क्यानडाले प्रशान्त क्षेत्र र ताइवान टापुको शान्ति र स्थिरतामा अमेरिकाले धावा बोलेको चीनको सेनाले आरोप लगाएको थियो ।

    प्रशान्त क्षेत्रमा चीनका अस्वभाविक गतिविधिका कारण नयाँ प्रविधिको विकास गर्न बाध्य भएको अमेरिकाले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij