Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

विन्सम सेमिफाइनलमा

विन्सम सेमिफाइनलमा

  • मंसिर २९, २०७८ बुधवार २०:१० बजे
  • 386
    SHARES
  • विन्सम सेमिफाइनलमा

    काठमाडौं । विन्सम प्रथम अन्तरकलेज पुरुष बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । दोहोरो जित निकाल्दै विन्सम सेमिफाइनलमा पुगेको हो ।

    पहिलो खेलमा विन्समले जय मल्टिपल कलेजलाई २८–२५ को साँघुरो अन्तरले पराजित गर्‍यो । जितमा सरोज तामाङले २० अंक योगदान गरे । सरोजकै १८ अंक मद्दतमा विन्समले अर्को खेलमा न्यु मिलिनियमलाई ३८–३० ले हरायो ।

    नामी पनि सेमिफाइनलमा पुग्न सफल भयो । नामीले न्यु मिलिनियमको चुनौती ५६–४८ ले समाप्त पार्‍यो । नामीका जाम्लिङ लामाले १७ स्कोर गरे । यससंगै सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा नामीको भेट र लिम्पिया नेसनल कलेजसँग हुने छ । अर्को सेमिफाइनल विन्सम र सूर्योदयबीच हुने छ ।

  • सम्बन्धित विषय:

  • # बास्केटबल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij