वेबटिभी खबर
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा मंगलबार ४ जनामा ओमिक्रोन भाइरसकाे संक्रमण पुष्टि भएको छ । आज ४ जनामा ओमिक्रोन भाइरस पुष्टि भएसँगै दिल्लीमा हालसम्म ६ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ ।
स्वास्थ्यमन्त्री सत्येंद्र जैनले आज ४ जनामा ओमिक्रोन पुष्टि भएको बताएका हुन् । कुल ओमिक्रोन संक्रमितमध्ये एकजना भाइरस संक्रमणमुक्त भएका छन् । दिल्लीमा एकैदिन ४ जनामा ओमिक्रोन पुष्टि हुँदा विशेषज्ञहरु चिन्तामा परेका छन् ।
पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको ओमिक्रोन भेरियन्ट हालसम्म विश्वका ७० देशमा पुगिसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij