काठमाडौं । देशभर बढ्दो वायु प्रदूषणका कारण आजदेखि ४ दिनसम्मका लागि देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द हुने भएका छन् ।
देशभर वायु प्रदूषण वढ्दो अवस्थामा रहेको र तत्काल सुधार नहुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि ४ दिनसम्मका लागि सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।
वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको मन्त्रालयले जनाएको छ । सरकारको यो निर्णयसँगै अब शिक्षण संस्थाहरु आइतबार मात्रै खुल्ने भएका छन् ।
यद्यपी, केहि स्थानीय तहले भने आफ्नो ठाउँमा मौसम त्यति खराब नरहेको भन्दै विद्यालय बन्द नगर्ने जनाएका छन् । केही दिनदेखि काठमाडौं उपत्यकासहित देशैभरका धुवाँ र धुलो मिसिएर वायु प्रदूषण बढेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij