Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

३ हजार १ सय ८१ मत गणना : देउवासँग झन् बढ्यो कोइरालाको मतान्तर 

३ हजार १ सय ८१ मत गणना : देउवासँग झन् बढ्यो कोइरालाको मतान्तर 

  • 524
    SHARES
  • ३ हजार १ सय ८१ मत गणना : देउवासँग झन् बढ्यो कोइरालाको मतान्तर 

    काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ । सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्छाइरहेका हुन् । 

    निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार १ सय ८१ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १५०६ मत प्राप्त गरेका छन् । कोइरालाले ११७८ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत मात्र प्राप्त गरेका छन् । 

    सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ । सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij