काठमाडौं । म्यानमारमा जारी प्रजातन्त्रविरोधी त्यहाँको सेनाको कदमविरुद्ध काठमाडौंमा मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गर्ने भएको छ ।
म्यानमारमा सैनिक सरकारद्वारा लोकतन्त्रका पक्षधरहरुको हत्या र दमन निन्दनीय भएको र त्यहाँको सेनाद्वारा भइरहेको हत्या र दमनको निन्दा गर्दै समाजले मंगलबार संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय यू एन हाउस पुल्चोक अगाडि प्रदर्शन गर्ने भएको हो ।
‘गत शनिबार मात्र १ सय भन्दा बढी प्रदर्शनकारीहरुको हत्याको शान्ति समाज निन्दा एवम् भत्र्सना गर्दछ । म्यानमारमा जारी हत्या र दमन तत्काल अन्त्य हुनुपर्छ र शिघ्र लोकतन्त्र बहाली हुनुपर्छ भन्ने आग्रह गर्दछ,’ समाजले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त प्रदर्शनमा प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाहकार उत्तम पुडासैनीसहित नागरिक अगुवाहरुको सहभागिता रहने समाजले जनाएको छ ।
यस अघि पनि मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित बर्मेली दुतावास अगाडि विरोध प्रदर्शन गरिसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij