Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्दै प्रकाशमानमान सिंह 

सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्दै प्रकाशमानमान सिंह 

  • 537
    SHARES
  • सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्दै प्रकाशमानमान सिंह 

    काठमाडौं । नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका छन् ।

    सिंहले शनिबार बिहान ८ बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका हुन् ।

    कांग्रेसको महाधिवेशन आजबाट सुरू हुँदैछ । 

    संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना सफल हुन सकेको छैन । हालको समीकरण अनुसार इतर समूहबाट सिंह र शेखर कोइराला चुनावी मैदानी उत्रिने देखिन्छ ।

    संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा पुनः सभापतिका उम्मेदवार बन्दैछन् । कोइरालाले सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान थालिसकेका छन् ।

    संस्थापन इतरबाट एउटै साझा उम्मेदवार बनाउनुपर्ने मतमा रहेका गगन थापाले बिहीबार महामन्त्रीमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गरिसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij