वेबटिभी खबर
काठमाडौं । रुघाखोकी, ज्वरो वा चोटपटक लाग्दा धेरै व्यक्तिहरुले बेसार मिश्रित दूध पिउँछन् । बेसार मिश्रित दूधलाई अत्यधिक गुणकारी मानिन्छ । तर धेरैलाई बेसार दूधलाई बनाउने सही तरिका थाहा नहुँदा यसको फाइदाभन्दा बेफाइदा बढी हुने गरेका छन् ।
कतिपयलाई बेसार मिश्रित दूध कसरी बनाउनु हुन्छ ? भन्ने प्रश्न गर्दा धेरैले तातो दूध मा थोरै बेसार राखेर तयार गर्ने जवाफ दिन्छन् । तर यो बेसार मिश्रित दूध बनाउने सबैभन्दा गलत तरिका हो । यसले बेसार दूधमा काँचो रहन्छ । जसले गर्दा कतिपय व्यक्तिलाई एलर्जी पनि गराउन सक्छ । त्यसैले बेसार मिश्रित दूध बनाउने सही तरिका जान्न आवश्यक छ ।
बेसार मिश्रित दूध बनाउने सही तरिका
बेसार मिश्रित दूध बनाउनको लागि सबैभन्दा पहिले बेसारलाई राम्रो सँग मसिनो धुलो बनाउनु पर्छ । एक भाँडामा २ कप दूध र एक कपमा पानी राख्नु पर्छ । दूधमा पानी मिसाउँदा दूध मात्र बाँकी रहनेछ । यसरी बाँकी रहेको दूध लाई कम्तिमा १५ देखि २० मिनेट मधुरो आगोमा उमाल्नुपर्छ । सानो आगोमा उमाल्दा बेसारमा भएका पोषकतत्वहरु दूध मा राम्रोसँग घुल्छन् । राम्रोसँग दूध लाई उमालि सकेपछि गिलासमा छानेर राख्नुपर्छ । दूध मनतातो भएपछि यसलाई पिउन सकिन्छ । स्वादको लागि मन पर्छ भने बेसार मिश्रित दूध मा कालो मरिच मिसाएर खान सकिन्छ ।
बेसार मिश्रित दूध पिउँदा हुन्छन् यस्ता फाइदा
बेसार मिश्रित दूध पिउनाले खराब कोलेस्ट्रोल, जोर्नीको दुखाई, कब्जियतको समस्या न्यनिकरण भएर जान्छ । यससँगै रगत सफा हुनकासाथै सामान्य रुघाखोकी र ज्वरो पनि निको हुन्छ । चिसो मौसममा दिनमा एक पटक मनतातो बेसार मिश्रित दूध पिउन आवश्यक छ । विशेष गरेर राति सुत्नुभन्दा अगाडि बेसार मिश्रित दूध पिउनु स्वास्थ्यका लागि फाइदाकारी हुन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij