Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

प्रदुषण घटाउन नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

प्रदुषण घटाउन नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

  • 477
    SHARES
  • प्रदुषण घटाउन नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

    नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले राजधानी नयाँ दिल्लीमा फैलिएको प्रदुषण नियन्त्रणका लागि दुई दिन लकडाउन गर्न सुझाव दिएको छ । नयाँ दिल्लीमा प्रदुषणको मात्रा खतराकाे तहमा बढेकाले लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो ।  

    भारतका प्रधानन्यायधिश एन भी रमण, न्यायाधिशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्तको इजलाशले दिएको सुझावको अहिले निकै चर्चा भएको छ । हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नु पर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुई दिने लकडाउन हुनसक्छ, सुझावमा उल्लेख गरिएको छ । 

    मानिसको स्वास्थ्यका लागि लकडाउन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ भन्ने न्यायाधिशहरुले उल्लेख गरेका छन् । लकडाउनलाई अदालतले तात्कालिन उपायको रुपमा मात्रै लिन आग्रह गर्दै दिर्घकालिन रुपमा समस्याको समाधान गर्ने उपाय भने अरु नै अपनाउनु पर्ने उल्लेख छ । 

    अदालतले अति प्रदुषण भएकाले अहिले बालबालिकाहरुलाई विद्यालय आवत जावत गराउन पनि पुनर्विचार गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएको छ । चिकित्सकहरुले वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दिर्घकालिन असर पर्ने भएकाले त्यस तर्फ विषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन् । 

    वायु प्रदुषणको असर बालबालिकाहरुमा अहिले भन्दा पछि बढी देखिने सर गंगाराम अस्पतालका डा. धिरेन गुप्ताको भनाई छ । 

    नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण अघिल्लो शुक्रबारदेखि वायु प्रदूषण फेरि खतराको तहमा पुगेको छ । प्रदुषण फैलनेभन्दै पटकाको प्रयोगमा अदालतले प्रतिबन्ध लगाए पनि सहरभरि मानिसहरूले दिपावलीका बेला पटाकाहरू पट्काएका थिए । 

    सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही बर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनिदै आएको छ । हिउँदमा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ ।

    सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन । दिल्ली मात्रै नभइ भारतका अरु पनि धेरै सहरहरु अति प्रदुषित सहरमा पर्दछन । संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन । 

    भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्यांकहरुले देखाएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij