Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

छठ पर्वको अवसरमा पूर्वसांसद साहले गरे द्वन्द्वपीडित बालगृहलाई खाद्यान्न सहयोग 

छठ पर्वको अवसरमा पूर्वसांसद साहले गरे द्वन्द्वपीडित बालगृहलाई खाद्यान्न सहयोग 

  • 1.1K
    SHARES
  • छठ पर्वको अवसरमा पूर्वसांसद साहले गरे द्वन्द्वपीडित बालगृहलाई खाद्यान्न सहयोग 

    सर्लाही । छठ पर्वको पवित्र अवसर पारेर पूर्वसांसद एवं समाजसेवी नरेन्द्र साहले बुधबार सर्लाहीको घुर्काैलीस्थित द्वन्द्वपीडित बालगृहमा खाद्यान्न सहयोग गरेका छन् । 

    साहले हरिवन नगरपालिका–५ मा रहेको उक्त बालगृहलाई चामल, तेल, चिनी, नुन, तरकारीलगायतका खाद्यान्न सहयोग गरेका हुन् । पूर्वसांसद साह सर्लाहीको क्षेत्र नम्बर ३ बाट गत चुनामा प्रतिनिधिसभामा चुनाव लडेका थिए । उनले आफ्नो निर्वाचन क्षेत्रलगायत जिल्लाभरी आवश्यक ठाउँमा सँधै सहयोग गर्दै आएका छन् ।

    छठ पर्वको अवसमार शुभकामना आदान प्रदानका लागि गृह जिल्ला पुगेका साहले सहयोग गरेकोमा बालगृहले आभार प्रकट गरेको छ । द्वन्द्वका बेला अभिभावक गुमाएका बालबालिकालाई उक्त बालगृहमा निशुल्क बस्ने र पठनपाठनको व्यवस्था मिलाइएको छ । 

    Rahat.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij