Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

केपी ओलीले उठाए बाबुरामको आम्दानीमाथि प्रश्न- छोरीलाई बेलायतमा कसरी पढाउनुभयो ? 

केपी ओलीले उठाए बाबुरामको आम्दानीमाथि प्रश्न- छोरीलाई बेलायतमा कसरी पढाउनुभयो ? 

  • 884
    SHARES
  • केपी ओलीले उठाए बाबुरामको आम्दानीमाथि प्रश्न- छोरीलाई बेलायतमा कसरी पढाउनुभयो ? 

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको आन्दानीमाथि प्रश्न उठाएका छन् ।

    आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईकी छोरी बेलायतमा पढेकोमा प्रश्न उठाए । 

    ‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त ?’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने,‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ?’

    ओलीले थप भने, ‘तपाईंका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २/४/५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा ? कहाँको आम्दानीले ?’
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij