Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

रत्न-श्रेष्ठ पुरस्कार गुठीबाट पाँच लेखक पुरस्कृत 

रत्न-श्रेष्ठ पुरस्कार गुठीबाट पाँच लेखक पुरस्कृत 

  • फाल्गुण ८, २०७७ शनिवार ०८:३८ बजे
  • 1.1K
    SHARES
  • रत्न-श्रेष्ठ पुरस्कार गुठीबाट पाँच लेखक पुरस्कृत 

    बागलुङ । रत्न-श्रेष्ठ पुरस्कार गुठी बागलुङले विभिन्न विधामा पाँच लेखकलाई पुरस्कृत गरेको छ । शुक्रबार गुठीले हरेक दुई/दुई वर्षमा प्रदान गर्ने ५० हजार राशिको ‘रत्न-श्रेष्ठ राष्ट्रिय पुरस्कार’ बाट यो वर्ष लेखक चन्द्रप्रकाश बानियाँलाई पुरस्कृत गरेको हो ।

    निबन्ध कृति ‘भौज्याहा’ का लागि उनी पुरस्कृत भएका हुन् । म्याग्दीको बेनी नगरपालिका-५ पुलाका बानियाँ यो वर्षको ‘मदन पुरस्कार’ विजेतासमेत हुन् । 

    यस्तै ‘रत्न-श्रेष्ठ प्रादेशिक पुरस्कार’ लेखक डा.प्रमोद ढकालले प्राप्त गरेका छन् । २५ हजार राशिको सो पुरस्कार निबन्ध कृति ‘पूर्वीय दर्शनको पुर्नव्याख्या’ का लागि उनलाई प्रदान गरिएको गुठीले जनाएको छ ।

    गुठीले नै प्रदान गर्ने ‘धवलागिरि प्रतिभा पुरस्कार’ लेखक महेश्वर पन्तलाई प्रदान गरिएको छ । उपन्यास कृति ‘फुर्लुङ’का लागि उनी पुरस्कृत भएका हुन् । पुरस्कारको राशि १५ हजार रहेको छ ।

    गुठीमा स्थापित ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ प्रा.डा रमेशचन्द्र अधिकारीले प्राप्त गरेका छन् । ‘जीवन दर्शनको रुपरेखा’ कृतिका लागि अधिकारी पुरस्कृत भएका हुन् । सो पुरस्कारको राशि २५ हजार रहेको छ ।

    यस्तै गुठीद्वारा सञ्चालित ‘गुरु गणेश-विष्णु स्मृति पुरस्कार’ लेखक मीनराज वसन्तलाई प्रदान गरिएको छ । उपन्यास कृति ‘पिपिरी’ का लागि लेखक वसन्त पुरस्कृत भएका हुन् । उक्त पुरस्कारको राशि १२ हजार रहेको छ ।

    समारोहमा वरिष्ठ अधिवक्ता पदमनाथ शर्मा र गुठीका संस्थापक तथा संरक्षक प्रेम छोटाले लेखकलाई पुरस्कार प्रदान गरेका थिए । पुरस्कृत कृतिमाथि धौलागिरि बहुमुखी क्याम्पसका प्रा.डा दिनबहादुर थापाले समीक्षात्मक टिप्पणी राखेका थिए । 

    नेपाली भाषा र वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका कवि, लेखकलाई पुरस्कृत गर्ने गरिएको संस्थापक तथा संरक्षक छोटाले बताए । पुरस्कार ग्रहणपछि बोल्दै लेखकले आफूहरुको सिर्जनाकर्ममा ऊर्जा थपिएको प्रतिक्रिया दिएका छन् ।

    साहित्यकार छोटाले आफ्नी दिवङ्गत आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं ०३४ सालमा पुरस्कार गुठी स्थापना गरेका थिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij