Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बार्सिलोनाको कठिन जित 

बार्सिलोनाको कठिन जित 

  • कार्तिक १७, २०७८ बुधवार ०७:५६ बजे
  • 712
    SHARES
  • बार्सिलोनाको कठिन जित 

    काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युक्रेनी क्लब डेनामो किभलाई पराजित गरेको छ। युइएफए च्याम्पियन्स लिग अन्र्तगत मंगलबार राति भएको खेलमा अन्शु फातीको निर्णायक गोलमा बार्सिलोना विजयी भएका हो। खेलको सुरुवातदेखि नै बार्सिलोनाले घरेलु टोलीमाथि बल पोसेसनमा पकड राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

    तर फातीले खेलको ७० मिनेटमा गोल गरेका थिए । बाँकी समय गोल हुन नसक्दा च्याम्पियन्स लिगमा दोस्रो जित निकाल्यो । 

    यो जितसँगै समूह चरणमा दुई राउन्डको खेल बाँकी रहँदा बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ । सुरुवाती दुई खेल गुमाएर दवावमा आएको बार्सिलोनाले पछिल्लो दुईमा खेलमा जित निकाल्न सफल भएको हो ।

    अब बाँकी दुई खेलमा जित हात पारे बार्सिलोनाले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछ । बार्सिलोनाले बेन्फिका र बायर्नसँग खेल्न बाँकी छ । जितपछि समूह ‘ई’ बार्सिलोना ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित किएभ १ अंकसहित पुछारमा छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij