Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

लगातारको हारपछि बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

लगातारको हारपछि बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

  • कार्तिक ११, २०७८ बिहिवार ०८:४९ बजे
  • 452
    SHARES
  • लगातारको हारपछि बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

    काठमाडौं ।  स्पेनिस क्लब बार्सिलोनाले खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्ती गरेको छ । बुधबार राति रायो भालेकोनोसँग १–० गोल अन्तरले पराजित भएपछि बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई १४ महिनापछि बर्खास्ती गरेको हो । 

    १४ महिना अघि नोउ क्याम्प आएका कोम्यानले ला लिगामा १० खेलबाट जम्मा १५ अंक बनाएका छन् । टोली तालिकाको नवौं स्थानमा छ । 

    क्लबले भनेको छ, ‘रोनाल्ड कोम्यान टोलीबाट बिदा हुनुहुनेछ ।’ बुधबार भएको ला लिगाको खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० गोल अन्तरले पराजित भएको थियो । रायोको जितमा राडामेल फाल्काओले खेलको ३० मिनेटमा निर्णायक गोल गरे ।

    खेलको ७२ मिनेटमा बार्सिलोनाका मेम्फिस डिपाएले पाएको पेनाल्टी सदूपयोग गर्न सकेनन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij