एजेन्सी । एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई २–१ ले हराएको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा रियललाई जिताउन डेभिड अलाबा र लुकास भाज्क्वेजले गोल गरे । बार्सिलोनाका लागि कुन अग्यूरोले सान्तवना गोल फर्काए।
काउन्टर एट्याकमा ३२ औं मिनेटमा रोड्रिगोले उपलब्ध गराएको पासलाई शक्तिशाली प्रहारमार्फत अलाबाले पेनाल्टी बक्स बाहिरबाट गोल गरेका थिए ।
भाज्क्वेजले ९ मिनेट इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै रियलको जित पक्का गरे । खेलको अन्तिम समयमा बार्सिलोनाका सर्जियो अगुएरोले गोल गरेपनि रियल जित दर्ता गर्न सफल रहयो ।
जितसँगै २० अंकका साथ रियल ला लिगा अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ९ खेलमा समान २० अंक जोडेका सेभिल्ला दोस्रो र रियल सोसिडाड तेस्रो स्थानमा छ । १५ अंकका साथ बार्सिलोना आठौं स्थानमा झरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij