वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा देशभर ७७७ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ८ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ रहेको छ ।
काेराेना ग्राफ : नयाँ संक्रमित २७२ जना, निकाे हुनेकाे संख्या ७७७
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij