काठमाडौं । बैतडीकाे दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पद अवस्थामा भेटिएका छन् ।
शंकास्पद अवस्थामा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी थिइन् ।
शंकास्पद अवस्थामा भेटिएका दुवै जनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।
‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौं, जिल्ला ल्याइँदैछ,' उनले भने, ‘जिल्ला ल्याइँदैछ थप बुझ्छौं, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्नेछ ।'
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij