Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विश्वकप छनोटका ९ खेलमा  ब्राजिलको शतप्रतिशत जित, भेनेजुएला पराजित 

विश्वकप छनोटका ९ खेलमा  ब्राजिलको शतप्रतिशत जित, भेनेजुएला पराजित 

  • आश्विन २२, २०७८ शुक्रवार ०९:५१ बजे
  • 499
    SHARES
  • विश्वकप छनोटका ९ खेलमा  ब्राजिलको शतप्रतिशत जित, भेनेजुएला पराजित 

    काठमाडौं । विश्वकप छनोटका ९ खेलमा  ब्राजिलले शतप्रतिशत जित निकालेको छ।  शतप्रतिशत जित निकाल्ने क्रममा ब्राजिलले शुक्रबार भेनेजुएलालाई ३–१ गोलले हराएको छ। भेनेजुएलाको घरेलु मैदानमा भएको खेलमा ब्राजिललाई जिताउन मार्किन्योस्,  गाव्रियल बर्बोसा र एन्थोनीले गोल गरे । घरेलु टोलीका एरिक रामिरेजको गोल सान्त्वना बन्यो ।

    खेलको ११ औं मिनेटमा एरिक रामिरेजको गोलबाट ब्राजिल खेलमा पछि परेको थियो । एक गोलले पछि परेको ब्राजिलले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ७१औं मिनेटमा सब्सिच्युट फरवार्ड राफिन्हाको पासमा डिफेन्डर मार्किन्योसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

    ८५ औं मिनेटमा गाव्रियल बर्बोसाले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–१ को अग्रता दिलाए । भिनिसियस जुनियरको प्रहारलाई भेनेजुएलाका गोलरक्षक जोएल ग्राटेरोलले नियन्त्रणमा लिन नसकेको बलमा नजिकै रहेका गाव्रियल बर्बोसालाई ओस्कार गोन्जालेजले फल गर्न पुगेपछि ब्राजिलले  पेनाल्टी पाएको थियो।  जसमा बर्बोसा चुकेनन् ।

    इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अर्का वैकल्पिक खेलाडी एन्थोनीले गोल गर्दै ब्राजिलको जित पक्का गरे । एन्थोनीले राफिन्हाकै पासमा गोल गर्न सफल भए ।

    जितपछि अपराजित रहेको ब्राजिल ९ खेलबाट २७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij