Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मेरो माइक्रोफाइनान्सले २१ प्रतिशत लाभांश दिने

मेरो माइक्रोफाइनान्सले २१ प्रतिशत लाभांश दिने

  • 479
    SHARES
  • मेरो माइक्रोफाइनान्सले २१ प्रतिशत लाभांश दिने

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर वितरण गर्न एक दशमलव ०५२ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले २० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

    यस्तै, एक करोड पाँच लाख २६ हजार तीन सय १६ रुपैयाँ नगद बाँड्नेछ । अघिल्लो वर्ष बैंकले १६ दशमलव ९४ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ८९ प्रतिशत गरी कुल १७ दशमलव ८३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij