Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

काबुलमा मस्जिद बाहिर बम विस्फोट

काबुलमा मस्जिद बाहिर बम विस्फोट

  • 661
    SHARES
  • काबुलमा मस्जिद बाहिर बम विस्फोट

    काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलस्थित ईदगाह मस्जिदअगाडि भएको विस्फोटमा कैयौं नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    कैयौं घाइते हुनेगरी भएको घटनाको जिम्मेवारी हालसम्म कुनै संगठनले लिएको छैन । यद्यपि इस्लामिक स्टेटले गरेको आशंका गरिएको छ । घाइतेहरूलाई काबुलका विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

    तालिबानका प्रवक्ता जबीउल्लाहह मुजाहिदले ट्विटरमार्फत मस्जिदको गेटबाहिर विस्फोट भएको पुष्टि गरेका छन् । प्रत्यक्षदर्शीले विस्फोटपछि गोली चलेको उल्लेख गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij