Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

ला लिगा फुटबल: बार्सिलोनालाई झड्का

ला लिगा फुटबल: बार्सिलोनालाई झड्का

  • 409
    SHARES
  • ला लिगा फुटबल: बार्सिलोनालाई झड्का

    काठमाडौं । पूर्वक्लबविरुद्ध लुइस स्वारेजले गोल गर्दा स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ ।

    शनिबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।  एट्लेटिकोलाई महत्त्वपूर्ण तीन अंक दिलाउन थोमस लेमार र लुइस स्वारेजले १/१ गोल गरे ।

    खेलको २३औँ मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई १-० गोल अन्तरको अग्रता दिलाए । ४४औँ मिनेटमा स्वारेजले पूर्व क्लबविरुद्ध गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए । जितसँगै एट्लेटिकोले ८ खेलमा १७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित बार्सिलोना भने ७ खेलबाट १२ अंक जोडेर दशौँ स्थानमा छ ।

    स्पेनिस लिगमा काडिज र भ्यालेन्सियाले गोलरहीत बराबरी खेले भने लेभान्तेले मालोर्कालाई १-० गोल अन्तरले पराजित गरेकाे छ । ओसासुनाले रायो भालेकानोलाई १-० गोल अन्तरले पराजित गरेकाे छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij