Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

देउवा पक्षलाई लक्षित गर्दै  शेखरले भने – बागमतीमा अढाइ महिना सरकारको नेतृत्व गर्ने प्रस्ताव आपत्तिजनक 

देउवा पक्षलाई लक्षित गर्दै  शेखरले भने – बागमतीमा अढाइ महिना सरकारको नेतृत्व गर्ने प्रस्ताव आपत्तिजनक 

  • आश्विन १४, २०७८ बिहिवार ०९:१९ बजे
  • 692
    SHARES
  • देउवा पक्षलाई लक्षित गर्दै  शेखरले भने – बागमतीमा अढाइ महिना सरकारको नेतृत्व गर्ने प्रस्ताव आपत्तिजनक 

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बागमती प्रदेशमा अढाइ महिना सरकारको नेतृत्व गर्न कांग्रेसले राखेको प्रस्तावको विरोध गरेका छन्। बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेकपा एकिकृत समाजवादीसँग अढाइ महिना सरकारको नेतृत्व गर्न दिन प्रस्ताव राखेको समचार बाहिरिएपछि कोइरालाले विरोध गरेका हुन्।  

    उनले सत्ताको नेतृत्व अढाइ महिनाका लागि माग्नु महाधिवेशन लक्षित भएको बताएका छन्।  यस्तो प्रस्तावले कांग्रेसलाई कमजोर बनाउने उनको भनाइ छ।

    ‘वागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ। यसले कांग्रेस पार्टीलाई कमजोर बनाउँछ,’ उनले भनेका छन्।

    उनले यस्ता कदमले संघियता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउने बताएका छन्। ‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउँन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु,’ उनले भनेका छन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij