वेबटिभी खबर
काठमाडौं । स्पेनिस ला लिगामा क्याटलन क्लब बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेम्फिस डिपाए, जुक डी होङ र अंशु फातीको १-१ गोल गरे ।
डिपेले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएको बार्सिलोनाका लागि डी होङले १४औँ मिनेटमा दोस्रो गोल गरे । डि होङले सेर्जिनो डेस्टको पासमा गोल गरेका थिए । फातीले इन्जुरी समयमा अर्को गोल गर्दै जित अन्तर फराकिलो पारे । जितपछि बार्सिलोना ६ खेलमा १२ अंक जोड्दै स्पेनिस ला लिगा अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पराजित लेभान्ते चार अंकका साथ १७औँ स्थानमा छ ।
स्पेनिस ला लिगामा आइतबारै भएको अर्को खेलमा ओसासुनाले रियाल मायोर्कामाथि ३-२ को जित दर्ता गरायो । रियल बेटिसले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेको छ । रायो भालेकानोले काडिजलाई ३-१ तथा रियल सोसाइडले इल्चेलाई समेत १-० गोल अन्तरले पराजित गरेको छ । ओसासुनाले मारोक्कालाई ३-२ गोल अन्तरले हरायो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij