Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

गुराँस लघुवित्तको लाभांश घोषणा

गुराँस लघुवित्तको लाभांश घोषणा

  • 573
    SHARES
  • गुराँस लघुवित्तको लाभांश घोषणा

    काठमाडौं ।  गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १० असोजमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थाको हाल कायम चुक्ता पूँजीको १६ दशमलव ९० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनार्थ शून्य दशमलव ८८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ । हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैयाँ छ । लघुवित्तको १६ दशमलव ९० प्रतिशतका दरले एक करोड ४१ लाख रुपैयाँबराबरको बोनस सेयर वितरणपश्चात चुक्ता पूँजी ९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij