Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

  • 532
    SHARES
  • ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

    सिरहा ।  सिरहास्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत गोलबजार नगरपालिका-३ गागनखोला नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गईरहेको ना६ख १३१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको स ७ प ९१८५ नम्बरकाे मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी कञ्जनरुप नगरपालिका-७ का ३० वर्षीय अभिषेक कटुवाल र ३७ वर्षीय अच्युत लुइँटेल गम्भीर घाइते भएका थिए ।  

    घाइते कटुवालको उपचारको क्रममा लहानमा र लुइँटेलको विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij