वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा १३ हजार ७३६ जनाको नमुना परीक्षण गर्दा ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १२ सय ७९ जना निको भएर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ जनाकाे संक्रमणका कारण निधन भएकाे छ । हाल देशभर सक्रिय संक्रमितकाे संख्या घटेर १९ हजार १४२ मा सीमित छ ।
त्यसैगरी याे अवधिमा एक लाख २ हजार तीन सय १ जनाले खाेप लगाएकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा हाल संक्रमण निकाे हुने दर ९६ दशमलव २ प्रतिशत छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij