Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बूढानीलकण्ठको गोल्फुटारस्थित वडा कार्यालयको शौचालयमा शव भेटियाे

बूढानीलकण्ठको गोल्फुटारस्थित वडा कार्यालयको शौचालयमा शव भेटियाे

  • 770
    SHARES
  • बूढानीलकण्ठको गोल्फुटारस्थित वडा कार्यालयको शौचालयमा शव भेटियाे

    काठमाडौं । बूढानीलकण्ठ नगरपालिका– ८ गोल्फुटारस्थित वडा कार्यालयको शौचालयमा आइतबार एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए । 

    उनका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् ।  प्रहरीले घटनास्थलमा आएर लास जाँच  गरिरहको छ ।शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij