Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

चिनियाँ राजदूतलाई बेलायतको संसद प्रवेशमा रोक 

चिनियाँ राजदूतलाई बेलायतको संसद प्रवेशमा रोक 

  • 515
    SHARES
  • चिनियाँ राजदूतलाई बेलायतको संसद प्रवेशमा रोक 

    लन्डन । चीनका नयाँ राजदूत झंग जेगुआंगलाई बुधबार बेलायतको संसदमा हुने बैठकमा सहभागी हुन रोक लगाइयो । राजदूतलाई रोक्ने फैसला हाउस अप कमन्स र हाउस अफ लर्डर्सका सभामुखले गरेका थिए ।

    बैठकमा चिनियाँ राजदूत बोलाएको भन्दै सांसदहरु असन्तुष्ट भएपछि उनलाई त्यहाँ उपस्थित हुन प्रतिबन्ध लगाइएको हो । 

    बुधबार साँझ हाउस अफ कमन्समा अल पार्टी पार्लियामेन्ट्री चाइना गु्रप र चीन-बेलायत बिजनेस काउन्सिलको बैठक हुँदै थियो । अल पार्टी पार्लियामेन्ट्री चाइना गु्रप बेइजिङसँग सम्बन्ध राम्रो भएका बेलायती सांसदहरुको समूह हो ।

    यस घटना चीनको सिन्जियाङमा रहेका अल्पसंख्यक विगर मुसलमानको मानवअधिकार उल्लंघनसँग सम्बन्धित छ । विगर मुसलमानलाई चीनले शोषण गरिरहेको आरोप लगाउँदै आएपछि गत मार्चमा बेलायती सांसद र उनका परिवारका सदस्यलाई चीनले यात्रामा रोक लगाएको थियो । साथै हङकङको पूर्वी क्षेत्रमा पनि उनीहरुको उपस्थिति चीनले अस्वीकार गरेको थियो । 

    यसभन्दा अघि चीनले मानवअधिकार हनन गरेको भन्दै बेलायतसहित अमेरिका, क्यानडा र युरोपेली संघले प्रतिबन्ध लगाएका थिए । तर चीन सरकारले लगातार पश्चिमा राष्ट्रले लगाएको आरोप खण्डन गर्दै आएको छ ।

    बेलायती सांसद इयान डंकन स्मिथ, नुस गनी र टिम लटनले राजदूतलाई प्रतिबन्ध लगाउने निर्णयको स्वागत गरेका छन् । यता, चीनले आफ्ना राजदूतलाई संसदमा प्रतिबन्ध लगाएपछि कडा निन्दा गरेको छ । यसले दुई देशबीचको सम्बन्ध प्रभावित हुन सक्ने चीनले चेतावनी दिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij