वेबटिभी खबर
काठमाडौं । रौतहटमा बम विस्फोट गराएको आरोपमा थुनामा रहेका मोहमद अफ्ताब आलमको मुद्दामा शुक्रबार सुनवाइ नहुने भएको छ । उनले गत वर्ष साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा पेशी चढेको थियो ।
तर न्यायाधीश फुयालले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । उनको रिट निवेदन नौ पटक पेशीमा चढे पनि सुनुवाइ हुन सकेको छैन । बम विस्फोटसम्बन्धी मुद्दा जिल्ला अदालत रौतहटमा छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी हाल नख्खु कारागारमा छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij