Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

रोनाल्डो विना नै पोर्चुगलको सहज जित

रोनाल्डो विना नै पोर्चुगलको सहज जित

  • 504
    SHARES
  • रोनाल्डो विना नै पोर्चुगलको सहज जित

    काठमाडौं । कतार विश्वकप छनोटअन्तर्गत युरोपियन छनोट खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना नै पोर्चुगलले सहज जित निकालेको छ । मंगलबार राति अजरबैजानको बकी ओलम्पिया मैदानमा भएको खेलमा पोर्चुगलले अजरबैजानलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    समूह 'ए' अन्तर्गत भएको खेलमा पोर्चुगलको जितमा बर्नान्डो सिल्भा, एन्द्रे सिल्भा र डियगो जोटाले १-१ गोल गरे ।रोनाल्डो विना नै मैदान प्रवेश गरेकाे पोर्चुगलले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा थप १ गोल गरेकाे हाे । 

    साेही समूहको अर्को खेलमा आयरल्यान्ड र सर्बियाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । शीर्ष स्थानमा रहेको पोर्चुगलले जितसँगै समूह 'ए'मा पाँच खेलबाट १३ अंक बनाएको छ । समान खेलबाट सर्बिया ११ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट २ र १ अंक बनाएका आयरल्यान्ड र अजरबैजान क्रमश: तालिकाको  चौथो र पाँचौ स्थानमा छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij