Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पौडेलद्वारा बुटवल चुरे क्षेत्रको पहिरो जोखिम निरीक्षण 

पौडेलद्वारा बुटवल चुरे क्षेत्रको पहिरो जोखिम निरीक्षण 

  • 1.0K
    SHARES
  • पौडेलद्वारा बुटवल चुरे क्षेत्रको पहिरो जोखिम निरीक्षण 

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बुटवलको चुरे क्षेत्रमा गएको पहिरोको स्थलगत निरीक्षण गरेका छन् । सोमबार गृहनगर रुपन्देही पुगेका पौडेलले पहिरोबाट उत्पन्न हुनसक्ने जोखिमका बारेमा पनि स्थानीयसँग जानकारी लिएका छन् ।

    सो क्रममा उनले स्थानीयबासीसँग साक्षात्कारसमेत गरेका छन् । पहिरो निरीक्षण गर्न एमाले स्थायी कमिटी सदस्य तथा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, एमाले केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज निवर्तमान प्रदेश सदस्य दधिराम न्यौपाने, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, वडाअध्यक्ष र जनप्रतिनिधिहरू, पार्टीका विभिन्न तहका नेताहरू सहभागी थिए ।

    पहिरोबाट उत्पन्न क्षति र थप जोखिमको प्राविधिक अध्ययन गरेर रिपोर्ट तयार पार्ने काम भइरहेको बुटवलका प्रमुख सुवेदीले जानकारी गराए । तीनवटै तहका सरकारको साझा प्राथमिकतामा राखेर नियन्त्रणका काम गर्नुपर्ने उनको भनाइ छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij