वेबटिभी खबर
लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले आगामी अक्टोबरमा हुने गैर-आवासीय नेपाली संघको निर्वाचनमा अध्यक्षकी प्रत्यासी रविना थापालाई सहयोग गर्ने निर्णय गरेको छ ।
समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । थापा नेपाली जनसम्पर्क समिति, जापान र अमेरिकाको समेत संस्थापक सदस्यसमेत हुन् । बैठकमा नेपाली कांग्रेसको क्रियाशील सदस्यताको प्रक्रिया र मितिबारे विभिन्न निर्णय भएका छन् ।
यस्तै, बेलायतका कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु, क्रियाशील सदस्यहरु, केन्द्रीयसभा सदस्यहरुलाई कांग्रेस महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिनेसमेत निर्णय गरिएको छ ।
संघको अक्टोबरमा हुने १० औं महाधिवेशनका लागि वर्तमान उपाध्यक्ष डा.बद्री केसी र कुल आचार्यले समेत उम्मेदवारी घोषणा गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij