वेबटिभी खबर
काठमाडौं । हङकङमा पछिल्लो समय घरपालुवा जनावारको दाहसंस्कार गर्ने चलन बढ्दै गएको छ । गाड्नका लागि एकातिर जमिन पाउन मुश्किल छ भने अर्कोतिर शव गाड्ने काम खर्चिलो छ । यस्तो अवस्थामा जनावारका लागि दर्जनभन्दा धेरै शवदाह गृह बनाइएको छ । ती शवदाह गृहमा मरेका जनावारलाई जलाइन्छ ।
कुकुरका लागि पज गार्जियन रेस्क्यु सेल्टर नामको आश्रय चलाउने केन्ट लुकका अनुसार यो विकल्पका कारण पाल्तु जनावारको एक करुणामयी दाहसंस्कार भइरहेको छ । लुकले अहिले ५०० घरविहिन कुकुरको हेरचाह गर्छन् । कतिपय अवस्थामा त्यहाँ पालेका कुकुरको अन्त्येष्टि पनि उनैले गर्नुपर्छ ।
उनि भन्छन्, 'सम्मानपूर्ण अन्तिम बिदाईले कुकुरलाई जीवनको अन्त्यमा पनि इज्जत मिल्छ । यदि कुकुरको शव सरकारलाई बुझाउने हो भने सरकारले फोहोर फाल्ने ठाउँमा फाल्दिन्छ ।'
त्यहाँ कुकुरको दाहसंस्कार गर्न १८० डलरदेखि माथि शुल्क लिइन्छ । कतिपय अवस्थामा जनावारका मालिकले त्योभन्दा धेरै पैसा पनि दिन्छन् । कुकुरबाहेक अरु ठूला जनावारका लागि धेरै शुल्क तोकिएको छ ।
जनावारका मालिकलाई दाहसंस्कारका लागि छुट्टै कोठा दिइन्छ । जनावारलाई जलाईसकेपछि भस्म घरमा पनि लैजान सक्छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij